नेपाल न्युज प्वाइन्ट डटकम
बझाङमा एमालेको दोब्बर अग्रता

बझाङ : बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् ।

छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४ वडामा मतगणना गर्दा  एमालेका भण्डारीले दोब्बर मतान्तरले अग्रता लिएका हुन् ।

कांग्रेसका अभिषेकबहादुर सिंहले ६५६ मत पाएका छन् । यस्तै माओवादीका  जनक बुढाले ४०१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका  दिल बहादुर सिंहले ३६९ मत पाएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update