नेपाल न्युज प्वाइन्ट डटकम
एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महरविरुद्ध एक महिलाले नेपाल प्रहरीको साइवर ब्युरोमा उजुरी गरेकी थिइन् ।

उक्त उजुरीमा महिलाको चरित्र हत्या गर्ने प्रयास गरिएको उल्लेख छ । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गर्न खोजी कार्य तीव्र पारिएको छ ।

फागुन २०८० मा महरलाई अनुशासन उल्लङ्घन गरिएको भन्दै पार्टीले बर्खास्त गरेको थियो । तर एक महिना पछि एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update