नेपाल न्युज प्वाइन्ट डटकम
मेयर बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन् । मेयर शाहले शुक्रबार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाएका हुन् ।

कार्यपालिका बैठक बस्नुअघि १२ बजे बजेट स्रोत अनुमान र सीमा निर्धारण समितिको बैठक बस्नेछ ।

महानगरका मेयर शाह र प्रमुख पशासकीय अधिकृतसहित जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन ।

स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ । तर काठमाडौं टावर नक्सा पाससम्बन्धी विवाद उत्कर्षमा पुगेपछि मेयर शाहले गत पुस यता कार्यपालिका बैठक बोलाएका थिएनन् ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update