नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वमन्त्री बस्नेत विशेष अदालतमा उपस्थित

काठमाडौं : पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । नेपाली कांग्रेसका निलम्बित सांसद बस्नेत नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन अदालतमा उपस्थित भएका हुन् ।

बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान जारी छ ।

उनको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने वा जमानतमा राख्ने आदेश हुनेछ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update