
काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशनमा परेका डा मुकुल ढकालको रिटमा अन्तरिक आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असार १७ गते बोलाएको छ ।
सर्वाेच्च अदालतलका प्रवक्ता अच्युत कुईंकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको आजको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिए । डा ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री कायम राख्नुपर्ने र निर्वाचन आयोगको अभिलेख पनि कायम गर्नुपर्ने मागसहित बुधवार रिट दायर गरेका थिए ।
इजलासले निर्वाचन आयोगको अभिलेखबारे समेत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको प्रवक्ता कुईंकेलले जानकारी दिए । सर्वाेच्चले डा ढकालको मागअनुसार अन्तरिक आदेश जारी नगर्नुपर्ने कारण १५ दिनभित्र पेश गर्न पनि विपक्षीलाई भनेको छ ।