नेपाल न्युज प्वाइन्ट डटकम
इरानबाट थप ३ नेपालीको उद्धार

काठमाडौं : भारतको सहयोगमा इरानबाट थप ३ नेपालीको उद्धार गरिएका छ । भारतले इरानमा आफ्ना नागरिकसँगै ३ जना नेपालीलाई पनि उद्धार गरी नयाँ दिल्ली ल्याएको छ ।

यसअघि ६ जना नेपाली नागरिक भारतको सहयोगमा इरानबाट उद्धार गरिएको थियो ।  

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार इरानबाट बिहीबार २७२ भारतीय र ३ नेपाली नागरिकलाई दिल्ली ल्याइपु¥याइएको हो ।

भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्धु’अन्तर्गत उनीहरूलाई इरानबाद्ध उद्धार गरी ल्याइएको हो । अहिलेसम्म ३ हजार ४२६ भारतीयलाई इरानबाट उद्धार गरिएको छ ।

इजरायल र इरानबीच लडाइँ सुरु भएपछि ती देशमा रहेका विभिन्न देशका नागरिक जोखिममा परेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update