नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौंको विष्णुमती नदीमा कारसहित बगेकी महिलाको सकुशल उद्धार

काठमाडौं : काठमाडौंको टोखामा विष्णुमती खोलाको बाढीले कारसहित बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका ग्रान्डी अस्पताल नजिकबाट दाङ तुलसीपुर घर भएर हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई नेपाल प्रहरी टोली र स्थानीयवासीले सकुशल उद्धार गरेका हुन् ।

बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कार गएराति सवा ८ बजेतिर खोलामा बगेको थियो । प्रहरीका अनुसार कार चालक तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए ।

गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याउँदै गएर बानियाटार पुलबाट उद्धार गरेको हो । हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । खोलाले बगाएको कार क्रेनको सहायताले निकालिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update