नेपाल न्युज प्वाइन्ट डटकम
माधव नेपालको थुनछेक बहस सुरु

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको थुनछेक बहस सुरु भएको छ ।

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा बयान सकिएसँगै खाजा ब्रेकपछि थुनछेक बहस सुरु भएको हो । 

बुधबार माधव नेपाल विशेष अदालतमा थुनछेक प्रक्रियाका लागि उपस्थित भएका थिए ।

१८ करोड रुपैयाँको बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपालको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update