नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा उपस्थित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल आफैँ अदालतमा हाजिर भएका हुन् ।

केही समयअघि आयोगले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै त्यहीअनुसार जरिवाना र कैद सजायको माग दाबी गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update