नेपाल न्युज प्वाइन्ट डटकम
उडान रद्द भएपछि विमानस्थलमा यात्रु अलपत्र

काठमाडौं : इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि नेपालका उडानहरू समेत प्रभावित भएका छन्।

गएराति इरानले कतारमा रहेका सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो। त्यसपछि कतारले अस्थायी रूपमा हवाइ क्षेत्र बन्द गरेको थियो।

जसकारण नेपालबाट कतार, दोहा उड्ने उडानहरू रद्द भएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक एवं प्रवक्ता रिन्जी शेर्पाले हिजो बेलुका र आज बिहानको कतार, दोहा उडान बन्द भएकाे बताए।

उडान रद्द भएपछि यात्रुहरू रातभरि विमानस्थलमै बसेका थिए।

यात्रुहरूको उडान कहिले हुन्छ भन्ने टुंगो नलागेको र एयरलाइन्सले समेत सम्पर्क नगरेको गुनासो उनीहरूको छ।

नेपाल एयरलाइन्सले मंगलबार बिहान एक सूचना जारी गर्दै काठमाडौंबाट दोहा जाने आरए २३९/२४० उडान रद्द भएको बतायो। उक्त उडान मंगलबार मध्याह्न १२ बजे हुने बताएको छ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update