भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं : भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू सदस्य रहने छन् ।
समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन ३० दिनको समय दिइएको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ २२:१८
प्रतिक्रिया दिनुहोस्