नेपाल न्युज प्वाइन्ट डटकम
अदालत हाजिर भए धवलशमशेर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । फरार सूचीमा रहेका उनी सोमबार जिल्ला अदालतमा हाजिर भएका हुन् ।

उनको बयान लिएर सकिएपछि थुनछेक बहस हुनेछ भने त्यसपछि न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने छ ।

यता राप्रपा वरिष्ठ उपाध्यक्ष भने बयानका लागि अदालतमा हाजिर भएका छैनन् ।

उनीहरूविरुद्ध तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोप छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update