नेपाल न्युज प्वाइन्ट डटकम
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो ।

पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानलमार्फत सामाग्री प्रसारण गरेका थिए ।

त्यही भिडियोबारे उजुरी परेपछि उनीविरुद्ध ब्युरोले पुर्जी जारी गरेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update