नेपाल न्युज प्वाइन्ट डटकम
टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौं : काठमाडौंको टोखास्थित ग्रान्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ । प्रहरीको कारबाहीमा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन् भने दुई प्रहरी पनि घाइते भएका छन् ।

प्रहरी निरीक्षक राकेश यादवको नेतृत्वमा गएको टोलीले मंगलबार लागुऔषध कारोबारीमाथि गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली लागेर घाइते भएका कारोबारीहरूको साथबाट प्रहरीले १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनामा घाइते भएका प्रहरीहरुमा रवीन्द्र केसी र नवराज घिसिङ छन् । दुवै जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update