नेपाल न्युज प्वाइन्ट डटकम
बाजुराको बाम्का बजारमा भीषण आगलागी

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–६ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । बाम्का बजारमा लागेको आगलागीबाट ४० वटा पसलहरू जलेको बताइएको छ ।आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । 

ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । पालिकामा दमकल उपलब्ध नभएपछि डोजर र पानीट्यांकरको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update