नेपाल न्युज प्वाइन्ट डटकम
सप्तरीमा डाका समूहद्वारा लुटपाट, एक जनाको हत्या

सप्तरी : डाकाको एक समूहले सुरुङगा नगरपालिका-८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । 

बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको प्रहरीले जनाएको छ । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् । 

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update