माधव नेपालको सांसद पद निलम्बन

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वत: निलम्बनमा परेको हो ।
अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १३:३९
प्रतिक्रिया दिनुहोस्