नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।

पूर्वप्रधानमन्त्री नेपालसहित अख्तियारले ९३ जनाविरूद्ध मुद्दा दायर गरेको हो ।

काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो । सोक्रममा केही समय अगाडि अख्तियारले पूर्वप्रधानमन्त्री नेपालको बयान समेत लिएको थियो ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update