नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले संसद्‍मा अवरोध कायमै राख्ने अडान नछाडेपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको हो ।

दिउँसो १ बजेका लागि तोकिएको बैठक सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेपछि दिउँसो सवा ३ बजेसम्मका लागि सारिएको थियो । 

तर विपक्षी दल विशेषगरी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान छाडेको छैन ।

सहमति नजुटेपछि संसद् सचिवालयले सूचना टाँसेर बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update