भोलिसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो ।
गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा आउनुपर्ने र छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग बनाउनुपर्ने उनीहरूको अडान छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ १४:५७
प्रतिक्रिया दिनुहोस्