नेपाल न्युज प्वाइन्ट डटकम
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार प्रदेश सांसदसमेत रहेका सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार सोडारीले सार्वजनिक पदधारण गरेको ७ माघ २०७४ देखि १० फागुन २०७९सम्मको जाँच अवधिमा ८५ लाख ५१ हजार ३३७ रूपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको छ । तर सोही अवधिमा आम्दानी र खर्च हिसाब गर्दा १ करोड ८ लाख ३८ हजार ३०१२ रूपैयाँबराबरको हिसाब देखाउन नसकेकाले त्यति नै बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ माघदेखि २०७५ कात्तिकसम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनी १४ जेठ २०७८देखि मंसिर २०७९ सम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update