नेपाल न्युज प्वाइन्ट डटकम
विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै होहल्ला गर्दै संसदको नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

विपक्षी दलहरुले भिजिट भिषा प्रकरणको निष्पक्ष छानविनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे । राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने भन्दै विपक्षी दलहरुले सदनमा होहल्ला र नाराबाजी गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update