नेपाल न्युज प्वाइन्ट डटकम
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय

काठमाडौं : काठमाडौंको तीनकुने घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएको घटनामा प्रहरीले प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालयका प्रवक्ता गकुलबहादुर निरौलाले प्रहरीले बिहीबार नै प्रतिवेदन बुझाएको जानकारी दिए ।

प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय सरकारी वकिलसमक्ष दिएको छ । अहिले प्रहरी परिसरमा ५३ जना प्रहरी हिरासतमा छन् । २६ जनामाथि राजद्रोह र संगठित अपराध र २७ जनामाथि आपराधिक उपद्रव कसुरमा प्रहरीले अनुसन्धान गरेको हो । त्यसबाहेक प्रहरीले ३७ जनालाई हाजिर जमानीमा छाडेको थियो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिर जमानीमा राखिएको छ । यस्तै यस घटनामा दुर्गा प्रसाईंसहित तीनै जनाविरूद्ध मुद्दा चलाउन राय प्रहरीले दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update