नेपाल न्युज प्वाइन्ट डटकम
गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

काठमाडौं : नेपाल सरकारका एक सहसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई टंगाल लगेको हो । उनी मंगलबार बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।

उनको मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने देखिएको छ । त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको हो ।

भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको छ । उनले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको बारे यथेष्ट आधारहरू फेला परेको बताइएको छ ।

यसबारे गृह मन्त्रालयसम्म पनि सूचना पुगेको थियो । विमानस्थलस्थित अध्यागमन कार्यालयमा आयोगको टोलीले बुधबार छापा मारेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update