नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए ।

नियमित रुपमा सोमबार बस्नुपर्ने बैठक स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले स्थगित गरेका थिए ।

आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको बताइएको छ ।

गभर्नर सिफारिस समितिको बैठक मन्त्रिपरिषद् बैठक अघि साँझ ४ बजे बस्दैछ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update