नेपाल न्युज प्वाइन्ट डटकम
चिनियाँ नेता सियाओ जी राजधानीमा

काठमाडौँ : चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन्  ।

उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए ।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update