पोखरामा गाडी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं : धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ११ जना सवार माइक्रो सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०८२ १९:२४
प्रतिक्रिया दिनुहोस्