नेपाल न्युज प्वाइन्ट डटकम
बीपी राजमार्ग खुल्यो

काठमाडौं : बीपी राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको हो ।

बीपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिका–११ स्थित माम्तीमा बाढीले डाइार्भसन बगाउँदा सडक अवरुद्ध भएको थियो ।

बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरेपछि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

काठमाडौंबाट पूर्व जाने सवारीलाई भकुन्डेमा र पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई सिन्धुलीमा होल्ड गरिएको थियो । 

अहिले भने रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update