
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा राजदूत श्रीवास्तवसँग भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार भेटका क्रममा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । आक्रमण भएको ठाउँमा भारतले जबाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको श्रीवास्तवले स्पष्ट पारेको सचिवालयले जनाएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए ।