नेपाल न्युज प्वाइन्ट डटकम
भारत-पाकिस्तान तनावबारे बोल्यो नेपाल

काठमाडौं : भारतको पहलगाममा २२ अप्रिल २०२५ मा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमण र त्यसमा एक नेपाली नागरिकको निधनपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावप्रति नेपाल सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त अमानवीय आक्रमणको तुरुन्त र स्पष्ट रूपमा निन्दा गरिएको स्मरण गराउँदै आतंकवादको कुनै पनि स्वरूपको विरोधमा नेपालको दृढ अडान रहेको जनाइएको छ ।

नेपालले कुनै पनि शत्रुतापूर्ण गतिविधिका लागि आफ्नाे भूमि प्रयोग हुन नदिने आफ्नो अडान दोहोर्‍याएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल सबै प्रकारका आतंकवादी गतिविधिहरूको विरोधमा उभिन्छ र कुनै पनि छिमेकी राष्ट्रविरुद्ध नेपालकाे भूमिको प्रयोग हुन दिइने छैन ।”

नेपालले क्षेत्रीय स्थायित्व र दीर्घकालीन शान्तिको पक्षमा आफू प्रतिबद्ध रहेको बताउँदै भारत–पाकिस्तानबीचको बढ्दो तनाव चाँडै न्यून हुने आशा व्यक्त गरेको छ ।

02026de4-c896-4878-96b1-a7715f29d418_rfXYweLAJH-1746711165.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update