नेपाल न्युज प्वाइन्ट डटकम
राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाडौंः राजावादीहरुले अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन् ।

बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज पत्रकार सम्मेलन गर्दै आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको हो । 

घोषणासभामा बोल्दै सुवेदीले हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । 

सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update