नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको (सवारी साधन) बोलेरो दुर्घटनामा १० जना घाइते भएकामा छ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेको उपचारका लागि सरकारसँग माग गरे ।

सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपिओ’ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गरे । 

सांसद रोशन कार्कीले आईपीओ जारी गर्न पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको कुराको यथार्थ छानबिन गर्न माग गरिन् । बैठकमा सांसद योगेन्द्र मण्डलले गत चैत ५ गते भएको आगलागीका घटनामा साढे तीन वर्षकी बालिका जलेर मृत्यु भई परिवार अहिले पनि मदरसाको शरणमा रहेकाले यथोचित व्यवस्था गर्न माग गरे ।

सांसद ठाकुरप्रसाद गैरेले गैरआवासीय नेपाली संघको कार्यकाल नसकिइ अर्को समिति बनेको समाचार आएकाले यसको वास्तविकता के हो भनी खोजी गर्न माग गरे । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update