नेपाल न्युज प्वाइन्ट डटकम
प्रिसा साहको मृत्युबारे सत्यतथ्य छानबिन गर्न सभामुखको रुलिङ

काठमाडौंः भारतको उडिसास्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनामा सत्यतथ्य छानबिन गर्न सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले साहको मृत्युबारे ध्यानाकर्षण गराएसँगै सभामुख घिमिरेले अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युका घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको भन्दै सरकारलाई रुलिङ गरेका हुन् । 

प्रिसा केआईआईटीको छात्रावासमा गत बिहीबार साँझ  झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । वीरगन्ज घर भएकी १८ वर्षीया उनकाे अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।

गत ४ फागुनमा केआईआईटीमै अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update