नेपाल न्युज प्वाइन्ट डटकम
केआईआईटीमा अर्की नेपाली विद्यार्थी मृत फेला

काठमाडौं : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।

वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

 प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । तर, परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर जानकारी गराइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update