नेपाल न्युज प्वाइन्ट डटकम
रेशम चौधरी रिहा

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रबाट पक्राउ परेका चौधरी बुधबार साँझ डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

सर्वोच्चले आधिकारिक पत्रमार्फत यसअघिको पत्र अनधिकृत भएको र सो पत्रका आधारमा पक्राउ परेका भए रिहा गर्न भनेको थियो ।

चौधरी बुधबार दिउँसो प्रज्ञाभवनबाट पक्राउ परेका थिए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता सभामा सहभागी हुन प्रज्ञाभवन गएका बेला उनी एकाएक पक्राउ परेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update