नेपाल न्युज प्वाइन्ट डटकम
रेशम चौधरी पक्राउ

काठमाडौंः  नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका छन् ।

काठमाडौंस्थित प्रज्ञा भवनमा पार्टी एकता कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका चौधरीलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । 

२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपीको रुपमा पक्राउ परेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । सोही मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update