आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कने वातावरण सुनिश्चित गर्न आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शिक्षक आन्दोलनका कारण देशभरका बालबालिकाको पठनपाठनमा भएको अवरोध तत्काल हटाउन र आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गरी ३ दिनभित्र शिक्षकहरूलाई कक्षामा फर्काउने वातावरण बनाउन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायत विपक्षी निकायहरूलाई आन्दोलनरत शिक्षकका संविधानसम्मत माग सम्बोधन गरी नियमित पठनपाठन सुनिश्चित गर्न आदेश दिएको छ।
साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा समयमै प्रकाशन गर्न र कक्षा १२ को बोर्ड परीक्षा तोकिएको समयमै सञ्चालन गर्न निर्देशन दिइएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ २०:२१
प्रतिक्रिया दिनुहोस्