नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओलीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश  बर्तौलाले अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेर समसामयिक विषयमा धारणा राख्ने जानकारी दिए ।

शुक्रबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । बजेट अधिवेशनमा शिक्षा र निजामती विधेयक पनि अघि बढाउने तयारी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update