नेपाल न्युज प्वाइन्ट डटकम
कश्मीर हमला : न्यौपानेकाे शव नेपाल आइपुग्यो, दाहसंस्कार गरिँदै

काठमाडौं : जम्मू-कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।

सुनौलीमा बिहीबार बिहान भारतीय पक्षले रुपन्देही प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा सुदीपको शव परिवारलाई जिम्मा लगाएको हो ।

मंगलबार कश्मीरमा आतंककारीहरूको आक्रमणमा परेर २७ वर्षीय सुदीपको ज्यान गएको थियो । उनी केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए ।

सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् । सो आतङ्ककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ ।

सुदीपको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि नेपाल ल्याइएको छ । आक्रमणमा परेर रिमकला घाइते छिन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update