तीनकुने घटनामा मारिएका दुई जनाको परिवारलाई सरकारले १०–१० लाख राहत दिने

काठमाडौं : १५ चैतमा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०–१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १६:४७
प्रतिक्रिया दिनुहोस्