नेपाल न्युज प्वाइन्ट डटकम
कश्मीर घटना : भारतीय प्रधानमन्त्री मोदीलाई फोन गरेर प्राधनमन्त्री ओलीले गरे दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।

भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् ।
ओलीले पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरे ।

प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको लडाइँमा भारतलाई साथ रहेको प्रष्ट पारेका छन् ।

‘दुई देशका प्रधानमन्त्रीबीच कश्मीरमा भएको आतंकवाद हमलाको विषयमा कुराकानी भयो,’ ओलीको सचिवालयले भनको छ, ‘प्रधानमन्त्री ओलीले घटनाबारे समवेदना व्यक्त गर्दै आकंवादीविरुद्ध हामी एकै ठाउँमा छौँ । जुनसुकै रूप भए पनि आतंकवाद भनेको साझा शत्रु हो । हामी सँगै छौँ भन्नु भयो ।’

उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् ।

‘मैले उहाँ (मोदी) सँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरें,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ ।’

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update