नेपाल न्युज प्वाइन्ट डटकम
'लेखा समिति सरकारको लाचार छाया बन्यो'

काठमाडौं : प्रतिनिध सभा सदस्य लेखनाथ दाहालले लेखा समिति सरकारको लाचार छाया बनेको आरोप लगाएका छन् ।

मंगलबार बसेको समितिको बैठकमा समिति सरकारको लाचार छाया बनेको भन्दै समिति अपारदर्शी बन्न थालेको बताए ।

उनले भने, 'समिति सरकारको लाचार छाया भएको जस्तो छ । अपरादर्शी भयो, लाचार छाया बनाइनु हुँदैन, ९५ बटा उजुरी छन्, ती उजुरी तत्काल छलफल भएन । डम्पिङ गरेर राखियो ।'

उनले लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई नदिनुमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत रहेको आरोपसमेत लगाए ।

सांसद दाहालले समिति सभापति नैतिक हिसाबले कमजोर भएको भन्दै सहकारीमा श्रीमती र भ्रष्टाचारमा पीए पनि जोडिएपनि सभापति पदमा बसिरहेको भन्दै कटाक्ष गरे ।

उनले भने, ‘नैतिक प्रश्न जोडिएपछि मार्ग प्रशस्त गर्दिनुस् । किनभने लेखा समिति प्रतिपक्षलाई दिने अभ्यास भए पनि तपाईँ लाचार भएर बस्नुभइरहेको छ ।’

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update