नेपाल न्युज प्वाइन्ट डटकम
छविलाल जोशी ५० लाख धरौटीमा रिहा

काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना मुद्दामा पूर्वडिआइजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर जोशी रिहा भएका छन् । 

जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए । 

जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update