नेपाल न्युज प्वाइन्ट डटकम
युवालाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । 

कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर भुजेललाई निलम्बन गरिएको हो ।

चितवनको भरतपुर-११ बसेनी चोकमा असइ भुजलले एक युवकलाई लात्तीले हानेर निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले चितवन प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो । 

लगत्तै चितवन प्रहरीले अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update