नेपाल न्युज प्वाइन्ट डटकम
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा चलाइयो डोजर

काठमाडौं : काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणको सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । 

अभियानअन्तर्गत सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाउन सुरु गरिएको छ ।

काठमाडौं महानगर–७ चाबहिलको ओम हस्पिटलको पर्खाल र अन्य सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले  डोजर चलाएको छ ।

चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध पनि गरेका थिए ।

मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update