नेपाल न्युज प्वाइन्ट डटकम
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण

काठमाडौं : झापामा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ । प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको प्रहरीले जनाएको छ ।

बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको प्रहरीको भनाइ छ । उनको आँखामा चोट लागेको छ। थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update