नेपाल न्युज प्वाइन्ट डटकम
जीबी राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतको आदेश

काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी ठगीमा फरार गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । 

न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनको राहदानी रद्द गर्न आदेश दिएको हो । जीबीको राहदानी रद्दका लागि राहदानी विभागलाई लेखी पठाउन आदेश भएको हो ।

केही अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको र केही प्रतिवादी धरौटीमा रिहा भएको भएपनि पीडितले न्याय नपाएको भन्दै सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालतमा निवेदन दर्ता गराएको थियो । 

अब अदालतको पत्र पुगेपछि विभागले रद्द गर्ने प्रक्रिया अघि बढाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update