नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपतिद्वारा भूमि अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

मन्त्रिपरिषद्ले ५ वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । ती ५ मध्ये यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update