नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल प्रहरीका ५ एसएसपीको सरुवा, ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारी

काठमाडौं : नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ । मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट पाँच एसएसपीहरुको सरुवा भएको हो ।

ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारी सरुवा भएका छन् । त्यहाँका प्रमुख शेखर खनालको एक वर्षे कार्यकाल समाप्त भएका कारण उनलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी पठाइएको छ ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरे उपत्यका ट्राफिक प्रहरी कार्यालय सरुवा भएका छन् ।

राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ ।

अपराध अनुसन्धान विभागका कार्यरत रहेका एसएसपी भुपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update