नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सभामुख घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update